केरावारीबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

चैत्र २५, २०८१
Kerabari Arrest

मोरङको केरावारीबाट वन्यजन्तु चोरीसिकारीमा संलग्न दुई जना पक्राउ परेका छन्। उनीहरूको साथबाट प्रहरीले ३ नाल भरुवा बन्दुक बरामद गरेको छ।

आइतबार साँझ केरावारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वनमा वन्यजन्तु सिकार गर्न गएका बेला प्रहरीले ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्कीलाई नियन्त्रणमा लिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार उनीहरू वन्यजन्तु चोरीसिकारीमा संलग्न समूहका सदस्य हुन्।

घटनामा संलग्न अर्का व्यक्ति ३५ वर्षीय धनबहादुर लिम्बू भने फरार रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि हातहतियार खरखजाना मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.