७ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका खेलहरू रातिमा पनि खेलिने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्ससँगको पोडकास्टमा एनपीएल त्रिवि क्रिकेट मैदानको फ्लडलाइटमा खेलिने कुरा गरेका थिए । उक्त कुरालाई क्यानले पनि पुष्टि गरेको हो । ‘अब अहिले त्रिवि क्रिकेट मैदान बनिरहेको छ,…
