७ असार, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ इकुमा पहिरो गएको छ । पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ । बिहान ५ बजेतिर खसेको पहिरोले कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । पहिरोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको र खुलाउन समन्वय भइरहेको प्रहरीले जनाएको…
