८ असार, काभ्रेपलाञ्चोक । राज्यको सम्पति बेचेर आफ्नो निजी बैंक खातामा पैसा जम्मा गराएको आरोपमा पक्राउ परेका रोशी गाउँपालिका-७ का अध्यक्ष अशोककुमार गौतमलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले पूर्पक्षका लागि थुनामा पठाउन दिएको आदेश उच्च अदालत पाटनले उल्ट्याइदिएको छ । उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतको आदेश उल्ट्याउँदै ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश…
