सांसद कुँवर – Online Khabar

साउन १७, २०८२
ser bahadur kunwar by Ditible

१७ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले देशमा सरकारात्मक सोचको अभाव देखिएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले जताततै नकाारत्मक सोच र ऊर्जा विकसित भएको उनले बताए ।

‘हामी भोलिका युवाहरूले के गर्नुपर्ला, के गरिरहेका छौँ । हाम्रो सुन्दर भविष्य बनाउनका लागि के गर्नुपर्छ,’ उनले भने, ‘साथै यो देशलाई योगदान पुर्‍याउनका लागि, आफ्नो जिल्ला, देश समृद्ध बनाउन के गर्नुपर्ला ? कस्ता सोचहरू ग्रहण गर्नुपर्ला भन्नेमा हामी केन्द्रित हुनुपर्छ ।’

नकारात्मक सोचलाई हटाउने कुरा अहिले चुनौती बनिरहेको बताउँदै उनले सकारात्मक सोच र ऊर्जा लिएर अघि बढेमात्रै देशलाई र आफ्नो भविष्यलाई सुन्दर बनाउन सकिने बताए ।

‘जीवनलाई सार्थक ढंगबाट उपयोग गर्न सक्नुपर्छ । सकारात्मक सोचका साथ अघि बढौँ । सबैको दिमागमा नकारात्मक ऊर्जा छ, सबैले सकारात्मक बोल्न सक्दैन । यो नकारात्मक ऊर्जा कसरी फाल्ने भन्ने चुनौती छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published.