शंकर पोखरेल – Online Khabar

साउन १८, २०८२
shankar pokhrel 1 by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानून मन्त्रालयको बहुविवाहलाई वैधता दिने मस्यौदालाई व्यक्ति विशेषको सोचको संज्ञा दिएका छन्।
पोखरेलले मस्यौदामा समग्र सरकारको सहमति नरहेको र कुनै एकजना प्रशासकको सोच समग्र राज्यको सोच हुन नसक्ने उल्लेख गरेका छन्।
उनले सिंगो राज्य नै बहुविवाह पक्षमा जस्तो गरी बहस हुनु दु:खद पक्ष भएको बताएका छन्।

१८ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कानून मन्त्रालयले तयार पारेको बहुविवाहलाई वैधता दिने सम्बन्धी व्यवस्थाको मस्यौदालाई व्यक्ति विशेषको सोचको संज्ञा दिएका छन् ।

मस्यौदाको आलोचना गर्दै उनले व्यक्ति विशेषको सोचलाई समग्र राज्यको भन्न नमिल्ने तर्क गरेका छन् ।

‘विशेष परिस्थिति’मा बहुविवाहलाई मान्यता दिने भन्दै कानून, न्या तथा संसदीय मामिला समितिले विद्यमान कानून नै संशोधन गर्ने तयारी गरेपछि यसको जनस्तरबाट समेत आलोचना भइरहेको छ ।

आइतबार फेसबुकमा लेख्दै सत्तारुढ दल एमालेका महासचिव पोखरेलले बहुविवाहलाई वैधता दिने कानूनको मस्यौदामा समग्र सरकारको सहमति नरहेको भन्दै बचाउ गरेका छन् ।

उनले लेखेका छन्, ‘कुनै एकजना प्रशासकको सोच समग्र राज्यको सोच हुन सक्दैन । सिंगो राज्य नै बहुविवाह पक्षमा जस्तो गरी बहस हुनु दु:खद पक्ष हो ।’

Leave a Reply

Your email address will not be published.