हत्कडी लगाएका व्यक्तिलाई एकाबिहानै बूढानीलकण्ठमा स्थानीयले देखेपछि 

साउन १९, २०८२
Hatkadi by Ditible

प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.

सोमबार बिहान सवा ६ बजेतिर बूढानीलकण्ठ नगरपालिका–२ भंगाल दूधडेरी नजिक हत्कडी लगाएको २० वर्षीय दिलीप राय पक्राउ परे।
रायलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषधसहित पक्राउ गरेको थियो र प्रहरीले उनलाई हत्कडी लगाउँदै गर्दा उनी फरार भएको पाइएको छ।
पक्राउ परेका दिलीप रायलाई लागुऔषध नियन्त्रण ब्युरोको जिम्मा लगाइएको प्रहरीले बताएको छ।

१९ साउन, काठमाडौं । सोमबार बिहान सवा ६ बजेतिर बूढानीलकण्ठ नगरपालिका–२ भंगाल दूधडेरी नजिक हातमा हत्कडी लगाएको एक मानिस देखा परे ।

प्रहरी पनि नभएको र वरपर साथमा कोही देखा नपरेपछि स्थानीय अचम्ममा परे । एक स्थानीयले प्रहरी प्रभाग बूढानीलकण्ठमा खबर गरे–‘हत्कडीसहितका मान्छे फेला परेको छ ।’

लगत्तै प्रभागको टोली घटनास्थल पुग्यो । स्थानीयले भनेजस्तै हत्कडी लगाएका एक व्यक्ति त्यहाँ पक्राउ परे । हत्कडीसहित पक्राउ परेका ती व्यक्ति थिए २० वर्षीय दिलीप राय ।

रायलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषधसहित पक्राउ गरेको थियो । पक्राउ गरेर प्रहरीले हत्कडी लगाउँदा लगाउँदै उनी फरार भएको पाइएको छ ।

पक्राउ परेका उनलाई लागुऔषध नियन्त्रण ब्युरोको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published.