‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक [भिडियाे] -वाइरिबल

साउन २०, २०८२
sitamol by Ditible

काठमाडौं । फिल्म प्रदर्शनको संघारमा फिल्म ‘सिटामोल’ को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक गरिएको छ । आगामी साउन २३ गतेबाट देशभर एकसाथ रिलिज हुने तयारीमा रहेको फिल्मको आक्रामक प्रचार जारी रहेका बेला निर्माण टिमले यो गीत सार्वजनिक गरेको हो ।

यस गीतमा अञ्जना खतिवडा र रवि ओड को स्वर सुन्न सकिन्छ भने बाबुल गिरी ले शब्द, संगीत तथा एरेन्जमेन्ट तयार गरेका छन्। गीतले नेपाली मौलिकता झल्काउने र फिल्मको कथा भावलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। यसअघि सार्वजनिक गरिएको फिल्मको ट्रेलरले दर्शकबाट निकै सकारात्मक प्रतिक्रिया पाएको थियो।

ट्रेलरमा नेपाली समाजमा विद्यमान गरिबी, बेरोजगारी, पारिवारिक झमेला र सरकारी उदासिनतालाई हास्य व्यङ्ग्य शैलीमा प्रस्तुत गरिएको छ, जसले दर्शकको मन जित्न सफल भएको देखिन्छ। यसअघि सार्वजनिक गीत, पोस्टरले समेत दर्शकको ध्यान राम्रैसँग तानेको देखिन्छ ।

राजबहादुर साने निर्देशित फिल्ममा सौगात मल्ल र बेनिशा हमाल मुख्य भूमिकामा छन्। साथै, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, साथै बाल कलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसी को पनि दमदार अभिनय रहनेछ।

श्रीकृष्ण र जानुकाले यही चलचित्रबाट नेपाली रजतपटमा डेब्यू गर्दै छन्। तुल्सी देवी फिल्म प्रा.लि. को निर्माण तथा जुनतारा फिल्म्सको सहकार्यमा बनेको सिटामोल को कथा प्रदीप भारद्धाज र निर्देशक राजबहादुर सानेले लेखेका हुन्।

फिल्ममा सिमोस सुनुवार को प्रस्तुति, भूगोल कुमार कार्की र विकाश राज जोशी को निर्माण, अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी को कार्यकारी निर्माण तथा गंगाराम श्रेष्ठ को सह-निर्माण रहेको छ। प्राविधिक पक्षमा बाबुल गिरी को संगीत, कविराज गहतराज को कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तान को डिआई कलर, मुकेश शाह को साउण्ड डिजाइन, देव महर्जन र शंकर महर्जन को द्वन्द्व निर्देशन, राकेश दाहाल को पोस्टर डिजाइन, विकास तामाङ र धनबहादुर राई को प्रोडक्सन म्यानेजमेन्ट तथा दिव्य सुवेदी को छायांकन रहेको छ।

Leave a Reply

Your email address will not be published.