साउने झरीमा न्युरोड-असन क्षेत्रमा विकासे काम, यात्रुलाई सास्ती (तस्वीरहरू)

साउन २०, २०८२
Kathmandu Mahanagar kahldakhuldi 1 by Ditible

२० साउन, काठमाडौं। दिनभरी झरी परिरहँदा काठमाडौंमा आवतजावत गर्ने यात्रुहरूले सास्ती ख‍ेपेका छन् ।

खासगरी काठमाडौंका रत्नपार्क, वीर अस्पताल क्षेत्र, न्युरोड, वसन्तपुर दरवार क्षेत्र र असनमा बनाइएका खाल्डाखुल्डी र निमार्ण गर्न राखेका सामग्रीहरू जथाभावी राख्नाले पैदल हिड्ने यात्रुहरू समस्यामा परकेा हुन् ।

वीर अस्पताल क्षेत्र र रत्नपार्क क्षेत्रमा निर्माण सामग्रीहरू असरल्ल छरेर राखिएपछि बाटो हिड्‍ने यात्रुहरूले दु:ख पाएका हुन् ।

यस्तै वसन्तपुर क्षेत्रमा पनि सडक बनाउने निर्माण सामग्रीहरू बाटैमा राखिएपछि पैदल यात्रुलाई हिड्न सक्स भएको छ ।

असन क्षेत्रमा पनि सडक निर्माण भइरहेकाले त्यहाँ सपिङ गर्न आउने ग्राहकहरूले पनि अप्ठ्यारो महसुस गरेका छन् ।

असनमा कपडा किन्न आएकी ३० वर्षीया मिलन कार्कीले भनिन्, ‘एक त बर्षा भइरहेको छ। त्यसमाथि निर्माण सामग्री जथाभावी राखिएकाले हाङ्गीलाई बाटो हिड्नै कठिन भयो।’

हेर्नुहोस् तस्वीरहरू :

 

Leave a Reply

Your email address will not be published.