ठमेलमा झगडा गरेको आरोपमा समातिएका सानुभाइसति ४ जना २६ साउनसम्म हिरासतमा रहने

साउन २१, २०८२
thamel 7 by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

ठमेल क्षेत्रमा गुण्डागर्दी तथा झगडा गरेको आरोपमा पक्राउ परेका चार जना कम्तीमा २६ साउनसम्म हिरासतमा राखिने भएका छन्।
पक्राउ परेकाहरूमा सानुभाइ भनिने युवराज गुरुङ, दीलकुमार तुम्बापो, रवीन्द्र गुरुङ र क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङ छन्।
१४ साउनमा नगरकोट दोहोरी साँझमा उनीहरूबीच झगडा भएको र १५ असारमा पनि आक्रमण भएको प्रहरीले जनाएको छ।

२१ साउन, काठमाडौं। ठमेल क्षेत्रमा गुण्डागर्दी तथा झगडा गरेको आरोपमा पक्राउ परेका चार जना कम्तीमा २६ साउनसम्म हिरासतमा रहेन भएका छन् ।

दोस्रो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौंले २६ साउनसम्म हिरासतमा राख्न अनुमति दिएसँगै पक्राउ परेका चार जनाको हिरासत बसाई लम्बिएको हो ।

झगडा गरेको आरोपमा ठमेल क्षेत्रमा गुण्डागर्दी गरेको आरोप लागेका सानुभाइ भनिने युवराज गुरुङ, दीलकुमार तुम्बापो र रवीन्द्र गुरुङ र ठमेलकै क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङ छन् ।

उनीहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

१४ साउनमा ठमेलकै नगरकोट दोहोरी साँझमा उनीहरुले आपसमा झगडा गरेको आरोप छ । सानुभाइ र राजेन्द्र गुरुङ समूहका व्यक्तिबीच झगडा भएको थियो ।

यसअघि १५ असार २०८० मा क्लब ओम्नियाका सञ्चालक राजेन्द्रमाथि सानुभाइ समूहले आक्रमण समेत गरेको थियो । त्यतिबेला पक्राउ परेका सानुभाइ धरौटीमा रिहा भएका थिए । अहिले फेरि उनीहरु दुई समूहबीच झगडा भएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published.