नारायणकाजी श्रेष्ठ र विप्लवबीच भेटवार्ता – Online Khabar

साउन २१, २०८२
narayankaji biplab by Ditible

२१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपाका महासचिव नेत्र विक्रम चन्द्र विप्लवबीच भेटवार्ता भएको छ ।

चन्द हात्तीवनस्थित श्रेष्ठको निवासमा भेटवार्ताका लागि पुगेका थिए । स्रोतका अनुसार, उनीहरूबीच करिब एक घण्टा छलफल भएको थियो ।

भेटवार्ताका क्रममा समसामयिक राजनीति, कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलन, राष्ट्रियता लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

त्यस्तै, पार्टी एकताको सम्भावनाबारे पनि उनीहरूबीच भेटवार्ता भएको जनाइएको छ ।

माओवादी केन्द्रको पछिल्लो पटक बसेको बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो ।

तर, नेकपाले भने एकताको प्रक्रिया अघि नबढेको बताएको छ ।

Leave a Reply

Your email address will not be published.