काठमाडाैं ।प्रि-सिजन मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब आर्सनल पराजित भएको छ ।
बुधबार राति भएको खेलमा स्पेनिस क्लब भिल्लारियलसँग आर्सनल २-३ गोल अन्तरले पराजित भएको हो । आर्सनलका लागि ३६ औं मिनेटमा क्रिस्टियन नोर्गार्ड र ७६ औं मिनेटमा मार्टिन ओडेगार्डले पेनाल्टीमार्फत गोल गरे ।
भिल्लारियलका लागि १६ औं मिनेटमा निकोलस पेपे, ३३ औं मिनेटमा कार्ल एटा इयोङ र ६८ औं मिनेटमा अर्नअउट डन्जुमाले गोल गरे ।










