लन्डन । इंग्लिस क्लब एस्टन भिल्लाले इटालियन क्लब रोमालाई मैत्रीपूर्ण खेलमा फराकिलो गोल अन्तरले हराएको छ । प्रिसिजन टुरअन्तर्गत दुई क्लबबीच भएको खेलमा भिल्लाले रोमालाई ४–० ले सहजै पराजित गरेको हो ।
एस्टन भिल्लाका लागि खेलको १५ औं मिनेटमा इमी बुएन्डियाले पहिलो गोल गरेका थिए । त्यसको दुई मिनेटपछि नै १७ औं मिनेटमा ज्याकोब राम्सेले गोल गर्दै भिल्लाको अग्रता दोब्बर पारेका थिए । त्यस्तै, ४० औं मिनेटमा ओली वाट्किन्सले गोल गरेपछि पहिलो हाफमै भिल्ला ३–० को बलियो स्थितिमा पुगेको थियो ।
खेलको दोस्रो हाफमा पनि भिल्लाको प्रदर्शन रोमामाथि हाबी भएको थियो । खेलको ८५ औं मिनेटमा डोनयल मालेनले गोल गर्दै एस्टन भिल्लालाई ४–० को सानदार जित दिलाए ।
यस जितले प्रिसिजनका लागि भिल्लालाई थप आत्मविश्वासी बनाएको छ ।










