विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकियो : प्रचण्ड – Online Khabar

साउन २२, २०८२
prachanda 2082 04 22 by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेका कारण विद्यालय शिक्षा विधेयक पारित हुन ढिलाइ भएको आरोप लगाएका छन्।
प्रचण्डले एमाले नेतृत्व र प्रधानमन्त्री केपी शर्मा ओली विधेयकको विरुद्धमा गएकाले सदनमा पेश हुन ढिलाइ भएको बताएका छन्।
उनले भने, ‘विद्यालय शिक्षा विधेयक मेरो प्रधानमन्त्रित्वकालमै दर्ता भएपछि शिक्षकहरूसँग भएका सम्झौताहरूलाई समेटेर विधेयक बनाउने कुरामा वर्तमान सरकारको नेतृत्वकर्ता एमाले र केपी ओली जी नै त्यसको विरुद्ध गएकाले ढिलो भएको हो।’

२२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेका कारण विद्यालय शिक्षा विधेयक पारित हुन ढिलाइ भएको आरोप लगाएका छन् ।

बिहीबार राष्ट्रिय सभागृहमा अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा प्रचण्डले एमाले नेतृत्व र प्रधानमन्त्री केपी शर्मा ओली विधेयकको विरुद्धमा गएकाले सदनमा पेश हुन ढिलाइ भएको बताएका हुन् ।

उनले भने, ‘विद्यालय शिक्षा विधेयक मेरो प्रधानमन्त्रित्वकालमै दर्ता भएपछि शिक्षकहरूसँग भएका सम्झौताहरूलाई समेटेर विधेयक बनाउने कुरामा वर्तमान सरकारको नेतृत्वकर्ता एमाले र केपी ओली जी नै त्यसको विरुद्ध गएकाले ढिलो भएको हो, त्यसमा कोही भ्रममा नपरौं ।’

आफूहरूले शिक्षक र विद्यार्थीको पक्षमा बोलिरहँदा प्रधानमन्त्री ओली शिक्षकहरूलाई किन सुविधा दिने भनेर गालीगलौज गरेको उनले बताए ।

‘हामी जनताको घरदैलोमा अभियान लिएर जाँदै गर्दा, हामीले शिक्षकहरूको पक्षमा, विद्यार्थीको पक्षमा, विद्यालय शिक्षा विधेयकको पक्षमा बोल्दै गर्दा शिक्षकहरूलाई गाली गरेर किन चाहियो यिनीहरूलाई सुविधा भनेर गाली गर्ने प्रधानमन्त्री उहाँ नै होइन ?, त्यही कारणले रोकिएको छ, उहाँ ढाँटछल गर्न धेरै सिपालु हुनुहुन्छ तर शिक्षामा सुधार गर्ने कुरामा ध्यान छैन, उहाँहरू नीजिकरणतिर हुनुहुन्छ, सार्वजनिक शिक्षाको पक्षमा हुनुहुन्न ।’

असार १५ मै पारित गर्ने भनिएको विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकिएको उनको आरोप छ । साथै उनले सबै दल र नेता एकैखाले हुन् भन्ने भाष्य बनाइएको खण्डन गर्दै माओवादी सार्वजिक शिक्षा सुधारको पक्षमा रहेको जिकिर गरे ।

Leave a Reply

Your email address will not be published.