कांग्रेसका शीर्ष चार नेताको बैठकमा के के भए निर्णय ?

साउन २३, २०८२
Sher bahadur Deuba Purna abahdru Khadka gagan thapa bishwaprakash sharma by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का र दुई महामन्त्रीसँग भ्रातृ संस्थाको अधिवेशनका लागि कार्यादेश पारित गरेका छन्।
निर्देशक समितिले भ्रातृ संस्थाको अधिवेशन गराउने टिओआर पार्टी केन्द्रीय समितिले फाइनल गरेको छ।
बैठकमा कांग्रेसका जनप्रतिनिधिको कार्यसम्पादन निर्देशिका परिमार्जनसहित पारित गरिएको र रुपन्देही–३ को उपनिर्वाचनमा सामान्य छलफल भएको छ।

२३ साउन, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका छन् ।

सभापति देउवा निवास बुढानीलकण्ठमा बैठकमा सहभागी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार भ्रातृ संस्थाको अधिवेशनका लागि कार्यादेश पारित गरिएको छ । तदर्थ समितिमा रहेका भ्रातृ संस्थाहरुको अधिवेशन गर्नका लागि महामन्त्री विश्वप्रकाश शर्माले तयार गरेको कार्यादेशमा शीर्ष नेतामा सहमति जुटेको छ ।

आज पारित भएको कार्यादेश अनुसार पार्टीबाट गठित निर्देशक समितिले भ्रातृ संस्थाको अधिवेशन गराउने छ । मुख्य सचिव पौडेलले भने,‘निर्देशक समितिलाई टिओआर दिने पार्टी केन्द्रीय समितिले निर्णय गरेको थियो । त्यसैमा हामी छलफल गर्‍यौं । टिओआर फाइनल भयो ।

बैठकमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादन निर्देशिका पनि छलफल भएको थियो । निर्देशिकालाई परिमार्जन सहित पारित गरिएको मुख्य सचिव पौडेलले जानकारी गराए । भ्रातृ संस्था र जनप्रतिनिधि कार्यसम्पादन निर्देशिकाका पारित गर्न तीन घण्टा बढी समय लागेको पौडेलले जानकारी गराए ।

बैठकमा रुपन्देही–३ को उपनिर्वाचनका विषयमा सामान्य छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published.