सिजन २ का लागि चितवन राइनाेजकाे हेड काेचमा अली -वाइरिबल

साउन २३, २०८२
Head Coach Kalam Ali by Ditible

काठमाडौं । फ्रेन्चाइज टिम चितवन राइनाेजले बहुप्रतिक्षित सिजन २ अघि नयाँ हेड काेच र मेन्टरको नियुक्ति औपचारिक रूपमा घोषणा गरेको छ।

पूर्व नेपाल इन्टरनेशनल कलाम अलीले सिजन २का लागि हेड काेचको जिम्मेवारी सम्हाल्ने भएका हुन्। नेपाल राष्ट्रिय टिम, नेपाल ए, महिला राष्ट्रिय टिम, बागमती प्रदेश, र विभिन्न घरेलु फ्रेन्चाइजहरूमा एक दशकभन्दा बढीको कोचिङ अनुभवसहित, अली नेपालका सबैभन्दा सम्मानित क्रिकेट दिमागहरूमध्ये एक बनेका छन्।

गत सिजनमा चितवन राइनाेजका बलिङ काेच रहेका अलीको हेड काेचमा बढुवा हुनु, उनको समर्पण र प्रभावको प्रमाण हो। एक सौम्य स्वभावका तर तीक्ष्ण पूर्व फास्ट बलर, उनी टोलीको नेतृत्वको जिम्मेवारी र चुनौती स्वीकार गर्न तयार छन्।

मेन्टरको रूपमा टोलीमा सामेल भएका छन् मनीष साखलकर, पूर्व फर्स्ट-क्लास क्रिकेटर जसले मुम्बईको उमेरसमूह स्तरमा र हरियाणाको तर्फबाट प्रतिष्ठित रणजी ट्रफीमा प्रतिनिधित्व गरेका थिए। पारस म्हाम्ब्रे, अमोल मुझुमदार, चन्द्रकान्त पंडित, अजीत आगरकर जस्ता क्रिकेटरहरूको सुनौलो पुस्ताबाट आएका साखलकर, विशाल क्रिकेट ज्ञानको भण्डारसहित टोलीमा आएका छन्।

नेपालमा उनको योगदानले ग्रासरुट स्तरमा प्रतिभा विकासमा महत्वपूर्ण भूमिका खेलेको छ, जसले भविष्यका खेलाडीहरू तयार गर्न सहयोग गरेको छ। उनले नेपालका विभिन्न घरेलु लिग र क्रिकेट संघहरूमा कोच तथा सल्लाहकारको रूपमा पनि योगदान दिएका छन्, जसले गर्दा उनी चितवन राइनाेजको ब्याकरुम स्टाफका अमूल्य सदस्य बनेका छन्।

Leave a Reply

Your email address will not be published.