काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा अलराउण्डर पवन सराफ कर्णाली याक्समा आबद्ध भएका छन् । ए क्याटोगोरीमा रहेका सराफलाई कर्णालीले १५ लाखमा किनेको हो ।
केहि बेरअघि शुरु भएको एनपीएलको मिनी अक्सनमा कुल १६४ खेलाडी प्रस्तुत हुने भएका छन् । जस अनुसार क्याटोगरि ए मा ९ जना, समुह बी मा ३७ र समुह सी मा ११८ खेलाडी रहेका छन् । आठ फ्रेन्चाइजीले १६४ खेलाडीबाट ३७ खेलाडी किन्ने छन्।










