News Summary
Generated by OK AI. Editorially reviewed.
पर्वतको मोदी गाउँपालिका–४ क्याङमा शनिबार दिउँसो पहिरोले जिप पुरेको छ।
जिप हिलो बाटोमा फसेपछि माथिबाट आएको पहिरोले जिप पुरेको प्रहरी निरीक्षक राम प्रसाद सापकोटाले बताए।
घटनामा मानवीय क्षति नभएको र जिप पहिरोबाट उद्धार भइसकेको प्रहरीले जानकारी दिएको छ।
२४ साउन, काठमाडौं । पर्वतको मोदी गाउँपालिका–४ स्थित क्याङ भन्ने ठाउँमा एउटा जिपलाई पहिरोले पुरेको छ ।
पर्वतको लेस्पारबाट कुश्मातर्फ जाने क्रममा उक्त जिप बाटो हिलो भएपछि फसेको थियो ।
सो क्रममा माथिबाट आएको पहिरोले जिप पुरिएको हो ।
जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक (इन्सपेक्टर) राम प्रसाद सापकोटाका अनुसार घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
‘जिप फसेपछि त्यहाँ भएका मान्छेहरू सुरक्षित स्थानमा सर्नुभएको थियो,’ सापकोटाले भने, ‘केहीबेरमा माथिबाट पहिरो आएर जिप पुरिएको थियो ।’
उनका अनुसार, घटना शनिबार दिउँसोको हो । अहिले जिप पहिरोबाट उद्धार भइसकेको पनि उनले जानकारी दिए ।












