काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजन सेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिजले गर्ने भएकाे छ ।
आइतबार काठमाडौंमा आयाेजित एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच प्रायोजन सम्झौता भएकाे हाे । जर्सी प्रायोजनको टेन्डरमा न्यूनतम मूल्य २ करोड रुपैयाँ तोकिएको थियो। जसमा विभिन्न कम्पनीले टेन्डरमा भाग लिँदा नासालाई परेको हो।