कैलाली कारागारमा कैदीबन्दीको गणना सकियो – Online Khabar

साउन २५, २०८२
Kailai karagar jhadap kaidi ganana by Ditible

२५ साउन, धनगढी । दुई समूहबीचको झडपका कारण तनावग्रस्त बनेको कैलालीगार कैदीबन्दीको संख्या पुन: गणना गरिएको छ ।

मानव अधिकार आयोगका प्रतिनिधिसँगै कारागार प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरीको उपस्थितिमा थुनुवा कक्षमा प्रवेश गरी कैदीबन्दीको संख्या यकिन गरिएको हो ।

तनावपछि कैदीबन्दीको संख्यामा अन्योल भएको आइतबार मानव अधिकार आयोग धनगढी कार्यालयको रोहवरमा हतियारसहतिका सुरक्षाकर्मी प्रवेश गरेका थिए ।

गणनाअनुसार पुरुष राखिएको ब्लक ए मा ३९६ जना, ब्लक बी मा १९८, महिला ब्लकमा ५६ जना रहेका छन् ।

शनिबारको झडपमा घाइते भएकाहरूको संख्या ४९ रहेको कारागार प्रशासनले जनाएको छ । प्रशासनका अनुसार शनिबार एक जनाको मृत्यु भएको समेत गरी कारागारमा ७०० जना कैदीबन्दी थिए ।

आइतबार गणना गर्दा संख्यामा तलमाथि नदेखिएको पाइएको छ ।

यसअघि कैदीबन्दीले थुनुवाकक्षमा भित्रबाट लक गरेर कसैलाई प्रवेश गर्न दिएका थिएनन् ।

Leave a Reply

Your email address will not be published.