रोनाल्डोको दुई गोलका बाबजुत अल-नासर अल्मेरियासँग पराजित -वाइरिबल

साउन २६, २०८२
ronaldo 1 by Ditible

काठमाडाैं । क्लब मैत्रीपूर्ण खेलमा क्रिस्टियानो रोनाल्डोको दुई गोलका बाबजुत साउदी अरेबियाको क्लब अल-नासर स्पेनिस क्लब अल्मेरियासँग ३-२ गोलले पराजित भएको छ।

निकै प्रतिस्पर्धात्मक खेलमा अल्मेरियाका लागि सर्जियो अरिबासले छैटौं मिनेटमा पहिलो गोल गरेका थिए। रोनाल्डोले १७ औं र ३९ औं मिनेटमा गोल गर्दै अल-नासरलाई अग्रता दिलाएका थिए।

तर, अल्मेरियाका एड्री एम्बार्बाले खेलको ४३ औं र ८१ औं मिनेटमा गोल गर्दै टोलीलाई ३-२ को जित दिलाएका हुन् ।

Leave a Reply

Your email address will not be published.