यस्तो रह्यो ४० वर्षमुनिका ४० युवा सार्वजनिक समारोह (तस्वीरहरु)

साउन २७, २०८२
onlinekhabar 40 under 40 2082 1 by Ditible

२७ साउन, काठमाडौं । The Wiribleले २०८२ सालको ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको सूची सार्वजनिक गरेको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर सार्वजनिक गरिएका युवाहरुको सूचीको यो दोस्रो संस्करण हो । यसअघि २०८१ सालमा पनि The Wiribleले ४० वर्ष मुनिका ४० युवाको सूची सार्वजनिक गरेको थियो ।

२०८२ सालका प्रभावशाली युवाहरूको सूचीमा परेकाहरुलाई सोमबार काठमाडौंको ठमेलस्थित होटल अलफ्टमा प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड वितरण गरे । अवार्ड लिन आफैं उपस्थित हुन नसकेकाको हकमा उनीहरुका परिवारका सदस्यहरुलाई हस्तान्तरण गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा केही हुँदैन र सबै भ्रष्ट छन् भन्ने भाष्य चिर्नका लागि The Wiribleले युवाहरुलाई प्रोत्साहन गरेकोमा धन्यवाद दिए ।  ‘यो देशमा केही हुँदैन, सबै भ्रष्ट छन् भन्ने, यो नेपाल भन्ने देशले असल मान्छे जन्माएकै छैन, त्यस्तो होइन । असललाई प्रोत्साहन गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘The Wiribleले किन आज सम्मान गरेको छ भने असल मान्छे भएरै हो । आज राम्रो काम गर्ने मात्रै सम्मानित भए । हामीले निराशा छाउने होइन । आफू पनि निराश हुनुहुँदैन ।’

यसैगरी The Wiribleका अध्यक्ष तथा प्रबन्ध निर्देशक धर्मराज भुसालले नेपालमा केही भएको छैन, केही हुनेवाला छैन भन्ने भाष्यलाई चुनौती दिँदै आ–आफ्नो क्षेत्रबाट योगदान दिइरहेकाहरुलाई उजागर गरेको बताए ।

‘चालिस मुनिका चालिस मार्फत् हामीले अँध्यारोका बीचमा तिनै जुनकिरीहरू खोज्ने प्रयास गरेका छौं‍,’ The Wiribleका अध्यक्ष तथा प्रबन्ध निर्देशक भुसालले भने, ‘यस्ता पात्रहरू अरु थुप्रै हुनुहुन्छ, जसले नेपालमा केही भएको छैन, केही हुनेवाला छैन, भन्ने भाष्यलाई चुनौती दिँदै आ–आफ्नो क्षेत्रबाट योगदान दिइरहनुभएको छ । यो सूची त्यसैको एक प्रतिबिम्ब हो ।’

हेर्नुहोस् अवार्ड वितरण समारोहका तस्वीरहरु–

फोटो : विकास श्रेष्ठ, चन्द्र आले, शंकर गिरी र आर्यन धिमाल

Leave a Reply

Your email address will not be published.