कैलाली कारागार घटनाबारे संसदीय समितिको चासो, गृहमन्त्रीलाई बोलाइयो छलफलमा

साउन २७, २०८२
kailali karagar by Ditible

News Summary

Generated by OK AI. Editorially reviewed.

कैलाली कारागारमा २०८२ साउन २३ गते भएको झडपमा भरत चौधरीको मृत्यु र ४८ जना घाइते भएका छन्।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले बुधबार बिहान १० बजे कैलाली कारागार घटनाबारे छलफल गर्नेछ।
बैठकमा गृहमन्त्री रमेश लेखकलाई समेत बोलाइएको छ र समस्या समाधानका उपायहरूमा चर्चा हुनेछ।

२७ साउन, काठमाडौं । कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु घटनाबारे संसदीय समितिमा छलफल हुने भएको  छ । कारागारमा कैदीबन्दीको  दुई समूहबीच भएको झडपमा कैदबन्दी भरत चाैधरीको मृत्यु भएको थियो भने अन्य ४८ जना घाइते भएका थिए ।

यस्तो घटना भएको ४० घण्टासम्म कैदीबन्दीले नै कारागार नियन्त्रणमा लिएका थिए । यो घटनाका सम्बन्धमा संसदीय समितिले चासो राखेर बैठक नै राखेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले बुधबार बिहान १० बजे बैठक राखेको छ ।

सिंहदरवारमा बस्ने बैठकमा ‘कैलाली कारागारमा मिति २०८२ साउन २३ गते घटेको घटना, सोको प्रभाव र समस्या समाधानका उपायहरू’बारे छलफल गर्ने कार्यसूची छ । बैठकमा गृहमन्त्री रमेश लेखकलाई समेत बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published.