काठमाडाैं । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई सरकारले ५ लाख रूपैयाँ नगद पुरस्कार दिने भएकाे छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार ढाँटलाई नगदसहित सम्मान गरिने भएकाे हाे । उनले केही दिनअघि भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए । उनी मिक्स मार्सल आर्ट्स च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर हुन् ।
आक्रामक फाइटिङ रेस्लिङको नामले प्रसिद्ध मिक्स मार्सल आर्ट्समा ढाँटले तेस्रो राउन्डमा भारतीय प्रतिद्वन्द्वीलाई नकआउट गरेका थिए ।