टप एण्ड टी-२० सिरिजपछि नेपालले अष्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने -वाइरिबल

साउन २९, २०८२
nepal 2 by Ditible

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले टप एण्ड टी-२० सिरिजपछि अष्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार दिएकाे जानकारीअनुसार २६ देखि ३० अगस्टसम्म एसीटी र साउथ अष्ट्रेलियासँग सिरिज खेल्ने भएकाे हाे । नेपालले २६ अगस्टमा एसीटीसँग २ खेल खेल्नेछ भने २८ अगस्टमा साउथ अष्ट्रेलियासँग २ खेल खेल्नेछ । त्यस्तै, ३० अगस्टमा साउथ अष्ट्रेलियासँग वान डे म्याच खेल्नेछ ।

आइसिसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि हाल नेपाली टोली अष्ट्रेलियामा छ ।

टप एण्ड टी-२० सिरिज आजदेखि सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेल भोलि नर्दर्न टेरिटोरी स्ट्राइकर्ससँग खेल्दैछ । त्यसैगरी शनिबार अर्थात साउन ३१ गते दोस्रो खेल बंगलादेश ‘ए’विरुद्ध, तेस्रो खेल भदौ १८ गते सोमबार मेलबर्न स्टार्ससँग, चौथो खेल भदौ ३ गते मंगलबार होबर्ट हुरिकेन्सविरुद्ध, पाँचऔ खेल भदौ ४ गते वुधबार मेलबर्नविरुद्ध र प्रतियोगिताको अन्तिम तथा छौटौ खेल भदौ ६ गते शुक्रबार पाकिस्तान साहिन्सविरुद्ध खेलेर प्रतियोगिता टुङ्गयाउने छ ।

अष्ट्रेलिया भ्रमणपछि नेपालले सेप्टेम्बरमा युएईमा दुई पटकको टि–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्नेछ ।

Leave a Reply

Your email address will not be published.