नर्दर्न टेरिटोरीले पहिलो १० ओभरमै जोड्यो १०३ रन, सन्दीपले लिए २ विकेट -वाइरिबल

साउन ३०, २०८२
nepal s 2 by Ditible

काठमाडौं । अस्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० सिरिजमा आफ्नो पहिलो खेलमा अहिले नेपालले अस्ट्रेलियाको स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरसँग खेलिरहेको छ ।

अस्ट्रेलियाको मरारा क्रिकेट ग्राउण्ड—२ मा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको नर्दर्न टेरिटोरीले पहिलो १० ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा १०३ रन जोडेको छ । नर्दर्न टेरिटोरीका लागि कप्तान एवं ओपनर डिएर्की सर्टले ३४ बलमा ७ चौका र एक छक्का मदतमा ५१ रन जोडेर आउट भए ।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published.