काठमाडौं । अस्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी२० सिरिजमा नेपालले आज बंगलादेश ‘ए’सँग खेल्ने भएको छ । दिउँसो सवा २ बजे सुरु हुने खेलमा नेपालको पहिलो जितको खोजीमा रहेको छ ।
शुक्रबार भएको पहिलो खेलमा नेपाली टोली अस्ट्रेलियाको स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले स्तब्ध भएको थियो । यता बंगलादेश ‘ए’ पनि पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा पाकिस्तान साहिन्ससँग पराजित भएको थियो ।
यो सिरिजलाई नेपालले आगामी अक्टोबरमा ओमानमा हुने आइसिसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्र छनोटको तयारीका रूपमा लिएको छ ।













