९ खेलाडीमा समेटिएकाे मलोर्कामाथि बार्सिलोनाकाे जित -वाइरिबल

भदौ १, २०८२
barca by Ditible

काठमाडाैं । साविककाे विजेता बार्सिलोनाले ला लिगाको पहिलाे खेलमा मलोर्कालाई ३-० को सहज अन्तरले पराजित गरेको छ । यस जितमा राफिन्हा, फेरान टोरेस र युवा स्टार लामिन यामालले गोल गरे।

क्याटालान क्लबले खेलको सुरुदेखि नै आफ्नो वर्चस्व जमाएको थियो। विङ्गर राफिन्हाले खेलको सातौं मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। बार्सिलोनाको दबाब जारी रह्यो र २३ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै अग्रता दोब्बर पारे।

खेलको पहिलो हाफमा मलोर्काले बार्सिलोनाको आक्रमणलाई रोक्न संघर्ष गर्‍यो र ३३ औं मिनेटमा मानु मोर्लानेस तथा ३९ औं मिनेटमा वेदत मुरीकीले राताे कार्ड पाए र मलोर्का ९ खेलाडीमा समेटियाे ।

दोस्रो हाफमा खेलको गति केही सुस्त भए पनि बार्सिलोनाले नियन्त्रण गुमाएन। युवा खेलाडी लामिन यामालले ९० औं मिनेटमा थपिएको चार मिनेटको अतिरिक्त समयमा गोल गर्दै ३-० को जित सुनिश्चित गरे।

Leave a Reply

Your email address will not be published.