काठमाडाैं । इंग्लिस प्रिमियर लिगकाे नयाँ सिजनमा टोटेनह्यामले जितकाे सुरूवात गरेकाे छ । गएराति भएकाे खेलमा टोटेनह्यामले बर्नलीलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको हाे।
यस जितमा टोटेनह्यामका स्ट्राइकर रिचार्लिसनले दुई गोल गरे भने ब्रेन्नन जोनसनले एक गोल गरे।
खेलको सुरुदेखि नै टोटेनह्यामले बर्नलीमाथि दबाब बनाएकाे थियाे । खेलको १०औं मिनेटमा नै रिचार्लिसनले गोल गर्दै टोटेनह्यामलाई अग्रता दिलाए। दोस्रो हाफमा पनि टोटेनह्यामको आक्रमण जारी रह्यो । ब्रेन्नन जोनसनले ६६औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
खेलको अन्तिम समयतिर ८० औं मिनेटमा रिचार्लिसनले आफ्नो दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे।













