आर्सनलले म्यानचेस्टर युनाइटेडलाई हरायाे -वाइरिबल

भदौ २, २०८२
arsenal 1 by Ditible

काठमाडाैं । इंग्लिस प्रिमियर लिगको नयाँ सिजनकाे पहिलाे खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले हराएको छ ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा आर्सनललाई जित दिलाउन रिकार्डो कालाफियोरीले १३ औं मिनेटमा गोल गरेका थिए। यो जितसँगै आर्सनलले लिगको बलियो उपस्थिति जनाएकाे छ ।

खेलभरि नै दुवै टोलीले निकै प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेका थिए। तर, आर्सनलको रक्षापंक्ति र मिडफिल्डको तालमेल उत्कृष्ट देखियो। म्यानचेस्टर युनाइटेडले पनि केही राम्रा अवसरहरू सिर्जना गरे पनि गोल गर्न भने सकेन।

Leave a Reply

Your email address will not be published.