काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत मेलबर्न स्टार्स एकेडेमीले टप एन्ड टी–२० सिरिजमा चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७४ रन जोडेको हो । मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रनको अर्धशतकीय इनिङ खेले । ४७ बलमा उनले ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, ओपनर थोमस रोजर्सले ६५ रनको योगदान गरे ।
सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए ।













