अस्ट्रेलियामा नेपालको पहिलो जित, नन्दनले लिए ५ विकेट -वाइरिबल

भदौ ३, २०८२
nepal vs by Ditible

काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले आफ्नो चौथो खेलमा होबर्ट हुरिकेन्सलाई पराजित गरेको छ । आज भएको खेलमा नेपालले हुरिकेन्सलाई ६७ रनले पराजित गरेको हो । यो सिरिजमा नेपालको पहिलो जित हो ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै १८० रनको योगफल बनाएको थियाे । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रनको योगदान दिए । उनले २६ बलमा तीन चौका प्रहार गरे ।

त्यसैगरी आसिफ शेखले २८ बलमा दुई चौका प्रहार गर्दै २९ रन जोडे । लोकेश बमले अविजित २५ रन, कुशल भुर्तेलले २७, भीम सार्कीले १८ तथा कप्तान रोहितकुमार पौडेलले ९ रन जोडे ।

बलिङतर्फ होबर्टका निवेथन राधाकृष्णन र राफ म्याकमिलनले दुई/दुई तथा मार्कस बेन, गाबे बेल र ब्राडली होपले एक एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published.