काठमाडौं । नेपालले अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो पाँचौँ मेलबर्न रेनेगेड्स एकेडेमीलाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ । डार्विनस्थित काजालिस एरेनामा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेपछि मैदानमा उत्रिएको टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन जोडेको हो ।













