साउथ अस्ट्रेलियाविरूद्ध ब्याटिङ गर्दै नेपाल -वाइरिबल

भदौ १२, २०८२
nepal by Ditible

काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अहिले साउथ अस्ट्रेलियासँग ब्याटिङ गरिरहेकाे छ । पहिलो खेलमा टस जितेर साउथ अफ्रिकाले फिल्ड रोजेपछि नेपाल ब्याटिङमा उत्रिएकाे हाे ।

नेपालले आजै दुई खेल खेल्नेछ । पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग ०९ः१५ बजेपछि दोस्रो प्रतिस्पर्धा गर्नेछ।

यसअघि मंगलबार भएका दुई खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरोटरी (एसिटी)सँग प्रतिस्पर्धा गरिसकेको छ। मंगलबारको पहिलो खेलमा नेपालले ४१ रनको जित निकालेको थियो भने दोस्रो खेलमा ६ विकेटको जित हात पार्यो।

Leave a Reply

Your email address will not be published.