मेसीको शानदार प्रदर्शनले इन्टर मियामी लिग्स कपको फाइनलमा -वाइरिबल

भदौ १२, २०८२
messi by Ditible

मियामी । अर्जेन्टिनी स्टार लियोनल मेसीको उत्कृष्ट प्रदर्शनको मद्दतमा इन्टर मियामी क्लब लिग्स कपको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनल खेलमा इन्टर मियामीले अर्लान्डो सिटीलाई ३-१ ले हराएको हो।

खेलमा इन्टर मियामीका लागि मेसीले दुई गोल गरे भने अर्को एक गोल टेलास्को सेगोभियाले गरेका थिए ।

खेलकाे सुरुवाती अग्रता भने अर्लान्डोले लिएकाे थियाे । मार्को पासालिकले पहिलो हाफको इन्जुरी समयमा गाेल गरेका थिए । त्यसपछि ७५औं मिनेटमा डेभिड ब्रेकालोले रातो कार्ड खाएर मैदानबाट बाहिरिएपछि अर्लान्डो सिटी १० जनामा सिमित भयो।

यसकाे फाइदा उठाउँदै मेसीले खेलको ७७औं मिनेटमा पेनाल्टीमार्फत र ८८औं मिनेटमा गरी दुई गोल गरे । टेलास्को सेगोभियाले भने खेलको इन्जुरी समयमा गोल गरेका थिए।

यो जितसँगै इन्टर मियामीले लिग्स कपको उपाधि जित्ने सम्भावना बढाएको छ।

Leave a Reply

Your email address will not be published.