काठमाडौं । नेपालको ‘ए’ टोलीले पाँच खेलको मैत्रीपूर्ण सिरिजमा भारतको आसाम राज्यमाथि सानदार जित दर्ता गरेको छ ।
एसीए क्रिकेट एकेडेमीको क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा नेपालले आसामलाई ९६ रनले पराजित गरेको हो । नेपालले जितका लागि दिएको १७४ रनको लक्ष्य पछ्याउने क्रममा आसाम १५.२ ओभरमा ७७ रन बनाउँदै अलआउट भयो । नेपालको धारिलो बलिङसामू आसामका खेलाडीहरु क्रिजमा टिक्न सकेनन् ।
योसँगै सिरिजमा नेपालले एक/एकको बराबरी गरेको छ । बिहीबार भएको पहिलो खेलमा नेपाल आसामसँग डक वर्थ लेविस (डीएसएल) पद्धतिको आधारमा १५ रनले पराजित भएको थियो ।













