दशरथ रंगशाला फिफा र एएफसीका आधिकारिक खेलका लागि अयोग्य ठहर -वाइरिबल

भदौ १३, २०८२
Dasharath rangashala light by Ditible

काठमाडाैं । नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालामा फिफा र एसियन फुटबल कन्फिडेरेसन (एएफसी) का आधिकारिक खेलहरू आयोजना गर्न अयोग्य ठहरिएको छ ।

एसियन फुटबल कन्फिडेरेसनले हालै गरेको निरीक्षणमा रंगशालाको भौतिक पूर्वाधार र आधुनिकीकरणको अभावलाई औंल्याउँदै फिफा र एएफसीका खेलहरू सञ्चालन गर्न अयोग्य भएको ठहर गरेको हो ।

काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित दशरथ रंगशाला नेपाली फुटबल इतिहासको केन्द्रबिन्दु हो । सन् १९५६ मा स्थापना भएको यो रंगशाला १५ हजार दर्शक क्षमताको रहेको छ । विगतमा साफ च्याम्पियनसिपलगायतका ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गरिसकेको यो रंगशालामा समयसँगै भौतिक संरचना र सुविधाहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप आधुनिकीकरण हुन नसक्दा बारम्बार आलोचनाको विषय बन्दै आएको छ ।

एएफसीको पछिल्लो निरीक्षणले रंगशालामा मैदानको गुणस्तर, प्रकाश व्यवस्था, दर्शक सुविधा, प्रशासनिक र प्राविधिक सुविधाकाे कमीबारे ‌औंल्याएकाे छ ।

Leave a Reply

Your email address will not be published.