कप्तान रोहितको शतकमा नेपालले साउथ अस्ट्रेलियालाई हरायो -वाइरिबल

भदौ १४, २०८२
rohit s by Ditible

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको कप्तानी शतकको मदतमा नेपालले साउथ अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय खेलमा रोमाञ्चक जित दर्ता गरेको छ । आज भएको खेलमा नेपाल २ विकेटले विजयी भएको हो ।

अस्ट्रेलियाले जितका लागि दिएको २४२ रनको लक्ष्य नेपाले ४४.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान रोहितले महत्वपूर्ण शतक प्रहार गरे । उनी १०२ बलमा १०१ रन बनाएर नटआउट रहे । लगातारको विकेट पतनका कारण धर्मराएको नेपाल रोहित र सोमपाल कामीको उत्कृष्ट साझेदारीले जिततर्फ लम्ब्यायो । सोमपालले ३० बलमा नटआउट ३८ रन जोडे । उनीहरुले ६१ बलमा ८३ रनको साझेदारी खेले ।

Leave a Reply

Your email address will not be published.