नेपाल ‘ए’ले आसामलाई दियो १९७ रनको लक्ष्य -वाइरिबल

भदौ १४, २०८२
nepal a by Ditible

काठमाडौं । ‘टी ट्वान्टी’ शृंखलाअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल ‘ए’ले भारतको आसाम राज्यको क्रिकेट टोलीलाई चुनौतीपूर्ण लक्ष्य प्रस्ततु गरेको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९६ रन जोडेको हो । नेपालका लागि सन्दीप जोराले ४८ बलमा सर्वाधिक ७४ रन जोडे । यस्तै, आदिल आलमले १६ बलमा ३५ रन बनाउँदा त्रित दास ३३ रनमा आउट भए ।

नेपालले पहिलो खेलमा आसामसँग डील प्रणालीको आधारमा १५ रनको हार बेहोरेको थियो। यस्तै दोस्रो खेलमा नेपाल ‘ए’ले आसामलाई ९६ रनले हराएको थियो।

Leave a Reply

Your email address will not be published.