काठमाडाैं । ला लिगाको आजको खेलमा रियल म्याड्रिडले मलाेर्कालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
खेलको १८ औं मिनेटमा मलाेर्काका खेलाडी वेदाट मुरीकीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । तर, यो अग्रता धेरै बेर टिक्न सकेन।
रियल म्याड्रिडका लागि अर्दा गुलेरले खेलको ३७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। गुलेरको यो गोलपछि रियल म्याड्रिड थप आक्रामक बन्यो। त्यसको एक मिनेटपछि नै अर्थात् ३८ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल म्याड्रिडलाई २-१ को अग्रता दिलाए। यो अग्रता नै खेलको अन्तिम नतिजा बन्यो।













