चेल्सीले फुलह्यामलाई हरायो -वाइरिबल

भदौ १५, २०८२
chelsea by Ditible

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सीले फुलह्यामलाई २-० गोलअन्तरले पराजित गरेको छ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन जोआओ पेड्रो र एन्जो फर्नान्डेजले एक-एक गोल गरे। खेलको पहिलो हाफको अतिरिक्त समयमा जोआओ पेड्रोले गोल गर्दै चेल्सीलाई १-० को अग्रता दिलाएका थिए। त्यसपछि खेलको ५८औं मिनेटमा एन्जो फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीको जित सुनिश्चित गरे।

यो जितसँगै चेल्सीले प्रिमियर लिगमा महत्त्वपूर्ण तीन अंक जोडेको छ।

Leave a Reply

Your email address will not be published.