लिभरपुलले आर्सनललाई हरायो, डोमिनिककाे शानदार गोल -वाइरिबल

भदौ १६, २०८२
liverpool by Ditible

काठमाडाैं । इंग्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुलले आर्सनलमाथि राेमाञ्चक जित दर्ता गरेकाे छ । गएराति भएकाे खेलमा लिभरपुलले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हाे ।

खेलको सुरुदेखि नै दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरेका थिए। आर्सनलले बल पोसेसनमा लिभरपुललाई टक्कर दिएको थियो भने लिभरपुलले प्रति-आक्रमणमा जोड दिएको थियो। पहिलो हाफमा दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्।

दोस्रो हाफको सुरुमा लिभरपुलले खेलमा नियन्त्रण जमायो र लगातार आर्सनलको रक्षापंक्तिमा दबाब सिर्जना गर्यो। खेलको ८३औं मिनेटमा सब्स्तिचुट खेलाडीको रूपमा मैदान छिरेका डोमिनिक सोबोस्लाईले शानदार गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। उनको शक्तिशाली शटलाई आर्सनलका गोलकिपरले बचाउन सकेनन्।

त्यही गाेल नै लिभरपुलकाे जितमा निर्णायक बन्याे ।

योसँगै लिभरपुलले लगातार ३ जित निकालेर लिग तालिकामा शीर्ष स्थानमा आफ्नो स्थान सुरक्षित गरेको छ र आर्सनललाई दबाबमा पारेको छ।

Leave a Reply

Your email address will not be published.