काठमाडाैं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातार दाेस्राे हार व्यहाेरेकाे छ । गएरातिकाे खेलमा ब्राइटनले सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै सबैलाई चकित पारेको हाे ।
खेलको सुरुमा म्यानचेस्टर सिटीले आफ्नो क्षमताअनुसार उत्कृष्ट प्रदर्शन गर्दै खेलमा नियन्त्रण जमायो । खेलको ३४ औं मिनेटमा स्टार स्ट्राइकर अर्लिङ हालान्डले गोल गर्दै म्यान सिटीलाई १-० को अग्रता दिलाए।
तर, दोस्रो हाफमा ब्राइटनले शानदार पुनरागमन गर्यो। खेलको ६७ औं मिनेटमा ब्राइटनले पेनाल्टी पायो र अनुभवी खेलाडी जेम्स मिल्नरले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । बराबरी गोलपछि ब्राइटनको आत्मविश्वास बढ्यो र उनीहरूले लगातार म्यान सिटीको गोलपोस्टमा आक्रमण गरे।
खेलको ८९ औं मिनेटमा युवा खेलाडी ब्राजान ग्रुडाले निर्णायक गोल गर्दै ब्राइटनलाई २-१ को जित दिलाएका हुन् ।
यो अप्रत्याशित हार सिटीका लागि उपाधि दौडमा ठूलो धक्का हो।













