पोखरा । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता कर्णाली यशविस र पोखरा निन्जाजबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल भदौ २० गते शुक्रबार दिउँसो २ बजे सुरु हुनेछ ।
शुक्रबारै साविक उपविजेता ललितपुर क्विन्स र मधेश युनाइटेडबीच अपरान्ह ४ बजे दोस्रो खेल हनेछ ।
इन्फनिटी ड्रिम्स प्रा. लि. को आयोजनामा हुने एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखराको बहुउद्देशीय कभर्डहलमा हुनेछ । जहाँ साविक विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागि टोलीले सिंगल राउण्ड रोविनका आधारमा अक आपसमा खेलेपछि धेरै अंक जोड्ने दु२ टोलीबीच भदौ २८ गते फाइनल खेल हुनेछ । दोस्रो संस्करणमा विश्वका विभिन्न देशबाट १८ विदेशी खेलाडी एभरेष्ट महिला भलिबल लिग खेल्ने पोखरा आएका छन् ।













