काठमाडौं । युएईमा जारी एशिया कप टी-२० क्रिकेटअन्तर्गत श्रीलंकाले बंगलादेशमाथि ६ विकेटको प्रभावशाली जित दर्ता गरेको छ।
टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको श्रीलंकाका बलरहरूले बंगलादेशलाई सुरुदेखि नै दबाबमा राखेका थिए । बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर मात्र १३९ रन बनाउन सफल भयो। बंगलादेशका लागि सामिम होसेन ४२ रन तथा जाकर अली ४१ रन जाेडे । उनीहरूले छैटौं विकेटका लागि ८६ रनको महत्त्वपूर्ण साझेदारी गरे ।
१४० रनको लक्ष्य लिएर मैदानमा उत्रेको श्रीलंकाका ओपनर पाथुम निस्सन्काले अर्धशतकीय पारी खेले । उनले ३४ बलमा ६ चौका र १ छक्काको मद्दतले ५० रन बनाए। त्यसैगरी, कामिल मिसाराले पनि अविजित ४६ रन बनाउँदै टिमलाई सहज जित दिलाए। श्रीलंकाले १४.४ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
खेलको उत्कृष्ट प्रदर्शनका लागि श्रीलंकाका कामिल मिसारा ‘प्लेयर अफ द म्याच’ घोषित भए।













