काठमाडाैं । इंग्लिस प्रिमियर लिगको बहुप्रतिक्षित ‘म्यानचेस्टर डर्बी’ मा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३-० गोलअन्तरले पराजित गरेको छ।
आफ्नो घरेलु मैदानमा भएकाे खेलमा सिटीको जितमा मुख्य भूमिका फिल फोडेन र एर्लिङ हालान्डले निभाएका थिए। फोडेनले खेलको १८ औं मिनेटमा पहिलो गोल गरे। दोस्रो हाफमा हालान्डले उत्कृष्ट प्रदर्शन गर्दै ५३ औं र ६८ औं मिनेटमा दुई गोल थपेर टोलीको जित सुनिश्चित गरे।
म्यानचेस्टर युनाइटेडका खेलाडीहरूले खेलभरि कमजोर प्रदर्शन गरे।













