भ्यालेन्सियाकाे पाेष्टमा बार्सिलोनाकाे ६ गोल -वाइरिबल

भदौ ३०, २०८२
barca 1 by Ditible

काठमाडाैं । ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले भ्यालेन्सियालाई ६-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

खेलमा बार्साका लागि फेर्मिन लोपेज, राफिन्हा र रोबर्ट लेवान्डोस्कीले समान २-२ गोल गरे। खेलको २९ औं मिनेटमा फेर्मिन लोपेजले पहिलो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यसपछि ५३ औं मिनेटमा राफिन्हाले गोल गरे।

खेलको दोस्रो हाफमा बार्सिलोना झनै आक्रामक बन्यो। ५८ औं मिनेटमा फेर्मिनले आफ्नो दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे। त्यसपछि राफिन्हाले ६६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ४-० को बनाए।

अन्त्यमा, सब्स्टिच्युट खेलाडीको रूपमा आएका रोबर्ट लेवान्डोस्कीले ७८ र ८६ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ६-० को शानदार जित दिलाए।

यो जितसँगै बार्सिलोना लिग तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।

Leave a Reply

Your email address will not be published.