काठमाडाैं । वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । रोहित पौडेलको कप्तानीमा रहेको १६ सदस्यीय टोलीमा अनुभवी खेलाडीका साथै युवा प्रतिभाहरूलाई पनि समावेश गरिएको छ।
टोलीमा उप-कप्तानको भूमिका दिपेन्द्र सिंह ऐरीले सम्हाल्नेछन् भने आसिफ शेख विकेटकिपरको रूपमा रहेका छन्। सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, एमडी आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुलशन झा, ललित एन. राजबंशी, सोमपाल कामी र शाहब आलम पनि टोलीमा समावेश छन्।
यो प्रतियोगिता सेप्टेम्बर २७, २९ र ३० गते शारजाह क्रिकेट स्टेडियममा आयोजना हुनेछ। नेपाली टोलीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ।













