काठमाडाैं । स्पेनिस ला लिगामा एस्पान्योलले मलाेर्कालाई ३-२ गोलले पराजित गरेको छ।
खेलको २०औं मिनेटमा पेरे मिल्लाले गोल गर्दै एस्पान्योललाई अग्रता दिलाएका थिए। त्यसपछि ३४औं मिनेटमा रोबर्टो फर्नान्डेजले गोल थप्दै एस्पान्योलको अग्रता २-० मा पुर्याए। पहिलो हाफको अन्त्यतिर, ४५औं मिनेटमा मलाेर्काका लागि वेदात मुरिकीले पेनाल्टी मार्फत गोल फर्काए। तर, पहिलो हाफको अतिरिक्त समयमा मिल्लाले आफ्नो दोस्रो गोल गर्दै एस्पान्योललाई ३-१ को स्थितिमा पुर्याए।
दोस्रो हाफमा मलाेर्काले खेलमा फर्कने प्रयास गर्यो । ६५औं मिनेटमा मुरिकीले व्यक्तिगत दोस्रो गोल गर्दै मलाेर्कालाई खेलमा फर्काउने संकेत दिए । यसपछि खेलको स्कोर ३-२ भयो।













