च्याम्पियन्स लिगमा बार्सिलोनाको विजयी सुरुवात, रासफाेर्ड नायक -वाइरिबल

अशोज ३, २०८२
barca 2 by Ditible

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। गएराति भएको खेलमा बार्सिलोनाले इंग्लिस क्लब न्युक्यासल युनाइटेडलाई २-१ गोलअन्तरले पराजित गरेको हो।

न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा मार्कुस रासफाेर्ड नायक बने। म्यानचेस्टर युनाइटेडबाट लोनमा बार्सिलोना आएका उनले दुई महत्वपूर्ण गोल गरे। खेलकाे पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा भने बार्सिलोनाले खेलमा पकड जमायो। खेलको ५८औं मिनेटमा रासफाेर्डले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई १-० को अग्रता दिलाए। ६७औं मिनेटमा उनले पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गरेको शानदार सट गोलमा परिणत हुँदा बार्सिलोनाको अग्रता २-० मा पुग्यो।

न्युक्यासलका लागि एन्थोनी गोर्डनले ९०औं मिनेटमा सान्त्वना गोल फर्काए। यद्यपि, त्यो जितका लागि पर्याप्त भएन।

Leave a Reply

Your email address will not be published.